Home / Nepal / सुनसरीको धरानस्थित बीपी प्रतिष्ठानमा अख्तियारको छापा

सुनसरीको धरानस्थित बीपी प्रतिष्ठानमा अख्तियारको छापा

विराटनगर : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयागको टोलीले छापा मारेको छ।

बिहीबार दिउँसो अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालयको संयुक्त टोली प्रतिष्ठान पुगेको हो।अख्तियारको ६ सदस्यीय टोलीले केही महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको बताइएको छ।

औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत् आपूर्तिलगायत शीर्षकमा प्रतिष्ठानका पदाधिकारीले भ्रष्टाचार गरेको भन्दै चिकित्सक र कर्मचारी लामो समयदेखि आन्दोलनमा थिए। सरकारले गठन गरेको छानबिन कार्यदलले पनि बीपी प्रतिष्ठानमा भ्रष्टाचार भएको ठहर गरेको थियो।

प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी र डा. मोहनचन्द्र रेग्मी रजिष्टार भएर आएयता बेथिति बढेको आन्दोलनरत पक्षले आरोप लगाउँदै आएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *