काठमाडौं : हिन्दू परम्परा अनुसार प्रत्येक वर्ष मनाइने नाग पञ्चमी पर्व आज नागको पूजा गरी मनाइँदै छ।
घरको मूल ढोकामा नागको चित्र टाँसेर पूजा गर्ने परम्परा छ । नागका १२ नाम रहे पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक परम्परा छ। मूलढोकामा नागको तस्बिर टाँसेर पूजा गरेको खण्डमा वर्षभर घरमा नाग, सर्प, बिच्छीलगायत जीवले दुःख नदिने विश्वास छ।
आज बिहानैदेखि काठमाडौं उपत्यकाका नागपोखरी, टौदह, सिद्धपोखरीलगायत नागदह, कुण्ड र नागस्थानमा गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार चढाएर नागको पूजा गर्नेहरूको घुइँचो लाग्ने गरेको छ।






