काठमाडौं : लामो समय नेपाल बिधुत प्राधिकरणमा प्रमुख कर्यकारी निर्देशक रहेर बिधुत प्राधीकरणलाइ सफल नेतृत्व प्रदान गर्ने कुलमान घिसिङलाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने तयारी सुरु भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पहलमा कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउने तयारी थालीएको हो।प्रचण्डको निर्देशनमा जलश्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले त्यससम्बन्धी फाइल उठाउने काम सुरु गर्न निर्देशन दिनु भएको श्रोतले जनाएको छ ।
घिसिङलाई प्राधिकरण वार्षिकोत्सवको औपचारिक कार्यक्रम सकिएलगत्तै पुनः जिम्मेवारी दिने गरी काम अघि बढेको प्रचण्डका एक सचिवालय सदस्यले जानकारी दिएका छन।
आगामी भदौ १ विद्युत प्राधिकरणको वार्षिकोत्सव पछी घिसिङलाइ कार्यकारी को रुपमा नियुक्ती दिने तयारी थालीएको छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घिसिङलाई ०७३ भदौ २९ गते चार वर्षका लागि घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेका थिए ।
२०७७ भदौ २८ मा कार्यकाल सकीएका घिसिङ लाइ पुनर्नियुक्तिका लागि दबाब दिए पनि तत्कालीन प्रधानमन्त्री केपी ओलीले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएका थिए।
लोडसेडिङ अन्त्य र प्राधिकरणभित्रका बेथिति अन्त्यका लागि भूमिका खेले का घिसिङलाइ सरकार परिवर्तनसँगै पुनः प्राधिकरणको नेतृत्व दिन जनस्तरबाट माग उठ्न थालेको छ ।






