Home / Politics / राष्ट्रपतिको आलोचना गरेको आरोपमा रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रधानमन्त्रीको दबाब

राष्ट्रपतिको आलोचना गरेको आरोपमा रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रधानमन्त्रीको दबाब

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा युवा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई दबाब दिएको खुलेको छ।

झाँक्रीले केही दिनअघि गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेपछि प्रधानमन्त्री ओलीनिकट महिला संघले झाँक्रीलाई कारबाहीका लागि गृहमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको थियो।

उनले राष्ट्रपतिको आलोचना झाँक्रीलाई महानगरीय अपराध महाशाखाले बोलाएको भए पनि उनी आफैँ नआएपछि नियन्त्रणमा लिने तयारी भइरहेको र पक्राउपछि मुद्दा चलाउने वा नचलाउने भन्ने कुनै टुंगो नभएको प्रहरी स्रोतले जानकारी दियो।

बालुवाटारबाट झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई लगातार दबाब आएको छ। यसबारे झाँक्रीसँग प्रतिक्रिया लिन खोज्दा उनी बोल्न नमानेर आफू छलफलमा रहेको बताउँदै उनले प्रहरीको ‘एक्सन’पछि मात्रै प्रतिक्रिया दिने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *