Home / Nepal / स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आजबाट सार्वजानीक यातायात संचालन

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आजबाट सार्वजानीक यातायात संचालन

कोरोना महामारीका कारण जारी दुई महिनाको निषेधाज्ञा खुकुलो भए सँगै आजदेखि सार्वजनिक यातायात जोर विजोर प्रणालीमा सञ्चालन भएका छन।

आज बाट २५ सीटभन्दा बढी क्षमताका बसहरु बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ ।

यधपी लामो दूरीका सवारी साधन भने सञ्चालन गर्न पाइने छैन ।कारोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गत वैशाख १६ निषेधाज्ञा जारी गरेको थियो ।

कोरोना संक्रमित घट्दै गए पनि जोखिम कायमै रहेको भन्दै काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेका हुन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *