काठमाण्डौ : कोरोनाको खोप नलगाई बैदेशीक रोजगारमा साउदी जाने नेपाली श्रमिकले तिर्दै आएको होटल क्वरेण्टीन खर्च तिर्न नपर्ने भएको छ ।
साउदी स्थित नेपाली दूतावासको अनुरोधमा अब रोजगारदाताले नै खोप नलगाई आएका नेपाली श्रमिकको होटल क्वरेण्टीन खर्च तिरिदिने व्यवस्था भएको दूतावासले जनाएको छ ।
बिदामा आएका श्रमिकको मात्र होइन नयाँ जाने श्रमिकको समेत क्वरेण्टीन खर्च रोजगारदाताले नै व्यहोर्ने व्यवस्था भएको साउदी सरकारले जनाएको छ ।
साउदीले मे २० भन्दा पछि साउदी प्रवेश गर्ने विदेशी नागरिकले अनिवार्य खोपको दुवै मात्र पूरा गरेको हुनु पर्ने र खोप नलगाएको भएमा अनिवार्य रूपमा सात दिन आफ्नै खर्चमा संस्थागत क्चरेण्टीनमा बस्नुपर्ने नियम लागू गरेको थियो ।
संस्थागत क्वरेण्टीन खर्च ३५ सय साउदी रियाल तोकिएको थियो । तर यो रकम महँगो हुने र नेपाली श्रमिकलाई संस्थागत क्चरेण्टीन खर्च तिर्न गाह्रो हुने भन्दै दूतावासले साउदीको सम्बन्धित निकायसँग श्रमिकले खर्च तिर्नु नपर्ने व्यवस्था गर्न माग गरेको थियो।






