सेयर बजार परिसुचक नेप्से सोमबार ४२.७२ अंकले बढेर ३,०२५ विन्दुमा पुगेको छ । आइतबार २ ९ ८३ विन्दुमा पुगेको नेप्सेले आज ऐतिहासिक रेकर्ड कायम गर्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
आज ‘ क ‘ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १०.६० अंकले बढेर ५५०.०१ विन्दुमा पुगेको छ ।
कुल २२१ कम्पनीका ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता सेयर १ लाख ७५ हजार ४११ पटक १ कारोवार हुँदा कुल १८ अर्ब ८८ करोड ४० लाख माथिको कारोबार भएको हो ।






