Home / Society / टिप्पर सडकबाट पाँच सय मिटर तल खस्दा दुईजनाको मृत्यु

टिप्पर सडकबाट पाँच सय मिटर तल खस्दा दुईजनाको मृत्यु

प्यूठान । टिप्पर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका–६ का चालक ३० वर्षीय रोसन थापा र सहचालक सोही ठाउँका ३५ वर्षीय झगबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।


ना ७ ख ८९३८ नम्वरको टिप्पर सरुमारानी गाउँपालिका–६ मोतिपुरमा दुर्घटना भएको प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो ।

नौबहिनी गाउँपालिका–८ स्थित चुनढुङ्ग खानी लुप्लुङबाट चुनढुङ्गा बोकेर दाङको कालाकाटे जाँदै गरेको टिप्पर सडकबाट करिव पाँच सय मिटर तल खसेको उहाँले बताउनुभयो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *