काठमाडौं । भोलि आइतबारदेखी सार्वजनिक यातायात सञ्चालनमा गर्ने बिषयमा ब्यवसायीहरु बिच तिब्र विवाद उत्पन्न भएको छ ।
नेपाल यातायात व्यवसायी महासंघका बरिस्ठ उपाध्यक्ष विजय स्वाँर पक्षधरहरु यातायात खोल्ने पक्षमा छन भने महासचिव एवम् प्रवक्ता सरोज सिटौला भने अहिलेको अवस्थामा सार्वजनिक यातायात सञ्चालन गर्नु हुन्न भन्ने पक्षमा छन ।
महासचिव सिटौलाले फेसबुकमार्फत बरिस्ठ उपाध्यक्ष विजय स्वाँरको भनाइलाई खण्डन गर्दै सार्वजनिक यातायात सञ्चालनमा नआउने बताएकाछन ।

‘नेपालका केही सञ्चारमाध्याम मार्फत यहि असार २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भन्ने सुन्नमा आएपनि महासङ्घले यसबारे कुनै निर्णय नगरेको स्पष्ट पार्न चाहन्छु’ उनले फेसबुकमा लेखेका छन् ।
यातायात व्यवसायी महासंघका पदाधिकारीहरुको विवादले सर्वसाधारण तथा व्यवसायीहरु भने अलमलमा परेका छन् ।
ब्यवसायीहरुको अर्को समूह यातायात संचालन गर्ने पक्षमा रहेको तलको समाचार पनि पढ्नुहोस ।






