काठमाडौं :पछिल्लो बिकसित राजनीति घटना क्रमका बिषयमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग नेपालका शीर्ष नेताहरुको छलफल सुरु भएको छ।
बुधबारहुने छलफलमा नेपाली कांग्रेसका नेता नारायण खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रहेका छ्न।
भर्चुअलमाध्यमबाट भइरहेको छलफलमा सीपीसीको तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले प्रतिनिधित्व गरेका छन्।






