Home / Nepal / News / मोरङको लेटाङमा छुरा प्रहारगरी एक युवाको हत्या

मोरङको लेटाङमा छुरा प्रहारगरी एक युवाको हत्या

मोरङ : मोरङको लेटाङ नगरपालिका वडा नं. ३ मा हिजो छुरिले रोपेर एकजनाको हत्या भएको छ।

मृत्यु हुनेमा लेटाङ नगरपालिका वडा नं. ३ का रोमन राई भएको ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरिक्षक रोमन राज अर्यालले जानकारी दिनुभयो।

सोही ठाँउमा बसोबास गर्दै आएका दिलबहादुर लिम्बू , सुशील नेपाली र भुपाल मगरले राती ८:४५ बजे हत्या गरेको प्रहरीले जनाएको छ।

हत्याराहरु ईलाका प्रहरी कार्यालय लेटाङको नियन्त्रणमा रहेका छन भने मृतकको सब पोस्टमार्टमका लागि कोशी अंचल अस्पताल बिराटनगर लगिएको प्रहरिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *