कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–९ मसुरियामा करेन्ट लागेर एकजना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाऊ बस्ने २७ वर्षीय जंगबहादुर चौधरी रहेका छन।
उनको बिहीबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । स्थानिय खोलामा करेन्ट लगाइ माछा मार्ने क्रममा उनी गम्भीर घाइते भएका र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।






