काठमाडौं : काठमाडौं महानगरपालिका–३५ जनबहालस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनःस्थापनाको काम सुरू भएको छ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्तरुपमा सिलन्यास गरेका छन्।
सांस्कृतिक सम्पदा क्षेत्रको पुनःनिर्माणमा भारत सरकारले प्रतिवद्धता जनाएको पाँच अर्ब ८ करोडको आर्थिक सहयोग अन्तर्गत यो पुनःनिर्माण हुन लागेको हो।
यो सहित २८ सांस्कृतिक सम्पदा सोही बजेटमार्फत पुनःनिर्माण गरिनेछ।






