Home / Society / सुन तस्करीमा संलग्न विरुद्ध करिब साढे २ अर्ब विगोसहित मुद्दा दर्ता

सुन तस्करीमा संलग्न विरुद्ध करिब साढे २ अर्ब विगोसहित मुद्दा दर्ता


काठमाडौं: राजस्व अनुसन्धान विभागले सुन तस्करीको आरोपमा भारतीय नागरिक सहीत दुई जना विरूद्ध दुई अर्ब ४३ करोड ८६ लाख ८० हजार विगो मागदाबीसहित मुद्दा दायर गरेको छ।

पटक-पटक सुन तस्करी गरी राजस्व चुहावट गरेको आरोपमा भारतीय नागरीक अब्दुल मजिद अनेकल र राजेश गुरुङ रहेका छन्। उनीहरुबाट छ किलो २ सय ८९ ग्राम ३५० मिलिग्राम सुन बरामद गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा दाखिला भएको थियो।

उनीहरूलाई विभागले उच्च अदालतमा मुद्दा दायर गरेको छ। लुकाइछिपाइ बसमा लैजाँदै गरेको छ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन हेटौंडा उपमहानगरपालिका रातोमाटे चेकपोस्टबाट बरामद भएको थियो।

विभागले उनीहरूविरूद्ध अनुसन्धान गर्दा उनीहरुबाट पटक-पटक सुन तस्करी गर्ने गरेको खुलेको विभागको आभियोगपत्रमा जनाइएको छ। विभागले उनीहरुसँग विगो, विगोको दोब्बर जरिवाना र कैद सजाय माग गरी वैशाख १२ गते उच्च अदालत हेटौंडामा मुद्दा दर्ता गरेको जानकारी दिएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *