वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापाले उम्मेदवारीको मनोनयन दर्ता गराउनु भएको छ।
वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर थापाले मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक तथा समाजिक विकास मन्त्री सरस्वती बस्नेतको समर्थनमा दर्ता गराउनु भएको हो ।
यसअघि कांग्रेस-माओवादी साझा उम्मेदवारका रुपमा खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गराउन थापा हेलिकप्टरबाट हेटौंडा आएका हुन्।
जित सुनिश्चति भएपछिमात्रै थापालाई उम्मेदवारी बनाउने बताएको एमालेले शुक्रबार बिहानमात्रै थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
बिहान १० बजेदेखि साँझ ४ बजेसम्म दर्ताको समय तोकीएकोमा उनले १२ बजेर ३० मिनेटमा मनोनयन दर्ता गराएका हुन्।






