Home / Nepal / आज बरुथीनि एकादसी आज ब्रत बस्नाले हात्ति,घोडा ,सुन दान गर्नु भन्दा बढी फल पाइने बिस्वास

आज बरुथीनि एकादसी आज ब्रत बस्नाले हात्ति,घोडा ,सुन दान गर्नु भन्दा बढी फल पाइने बिस्वास

धर्मराज युधिष्ठिरले वैशाख कृष्ण एकादशीको विधि र महत्त्व को बारेमा जिज्ञासा राख्दा भगवान् श्री कृष्णले भन्नु भएको कथालाइ यस एकादशी सङ जोडेर हेर्ने गरिन्छ्। वैशाख महिनाको कृष्ण पक्षको एकादशीलाई वरुथिनी एकादशी भनिन्छ। यस एकादसिको ब्रत बस्नाले सबै पापहरु नस्ट भएर अन्तमा एक मुक्तिको बाटो मा पुर्याउने बिषेश दिन को रुपमा लिने गरिन्छ्।

पुरातन समयमा मानन्धता नामका राजा नर्मदा नदीको किनारमा शासन गर्थे। उनी धेरै उदार र तपस्वी थिए। एक दिन जब उनी जङ्लमा तपस्या गरिरहेका बेला एउटा जंगली भालु आएर राजाको खुट्टा टोक्न थाल्यो। राजा आफ्नो तपस्या बाट कति पनि बिचलीत भएनन। केही समय पछि, भालुले राजालाई नजिकैको जंगलतिर लिएर गयो

राजा साह्रै डराएता पनि पनि तपस्या, निरन्तर गरी रहे । उनले भगवान विष्णुलाई ब्यबधानका बिचमा पनि प्रार्थना गरी रहे। उनको आह्वान सुनेर भगवान् श्रीहरि विष्णु देखा पर्नुभयो र भालुलाई चक्र प्रहार गरेर नस्ट गरिदिनु भयो।

त्यस बेला सम्म राजाको खुट्टा भालु खाइसकेका थियो। जव राजा आफ्नो खुटा भालुले खाएको देखेर सोक गर्न थाले तव भगवान विष्णुले उनलाइ सम्झाउदै हे राजा तिमी वरुथिनी एकादशीको उपवास गर्दै मेरो वराह अवतार मूर्तिको पूजा गर त्यसबाट तिमिलाइ कल्याण मिल्नेछ। मैले भने अनुसार ब्रत बसे यसको प्रभाव तिम्रो फेरि बलियो अंगहरू तिम्रो बन्नेछ। के यो भालुले तपाईंलाई काट्यो, यो तपाईंको विगतको अपराध हो।

भगवानको आज्ञा पालन गरेर राजा मन्धाता मथुरा गए र वरुथिनी एकादशीको पूजा गरे। bhagawaana यस एकादशीको प्रभावका कारण राजा मन्धाता स्वर्ग गए।
शाष्त्र अनुसार भूमिदान, हात्ती, घोडा दानलाई सबै भन्दा उत्तम दाम मानिन्छ। यी दानहरु भन्दा पनि तिल दानलाई सुन दानको महत्व हुनेगर्दछ। सुन दान भन्दा अन्न दान र अन्नदान भन्दा कन्यादान र कन्या दान भन्दा पनि अझ विशेष महत्व बोकेको यो वैशाख कृष्ण पक्षको एकादशी हो। वरुथिनी एकादशीको महत्व धेरै व्यापक हुने कथन रहेको छ। वरुथिनी एकादशीको महिमा स्वयम भगवान श्री कृष्णले यूधीष्ठिरको जिज्ञाषा सुनेपछि बताउनु भएको हो।

सबै एकदशीहरू जस्तै, भगवान विष्णु, विशेष गरी उनको पाँचौं अवतार वामनको पूजा गरिन्छ।कुरुक्षेत्रमा सुर्यग्रहणको बेला सुवर्ण दान गर्दा कमाउने पुण्य बराबर वरुथिनी एकादशीको व्रत बस्नाले कमाइन्छ भन्ने धार्मिक मान्यता रहेको छ। एकादशी व्रतमा खानाको मात्र नियन्त्रण हैन, नकारात्मक सोच र तनावको पनि नियन्त्रण गर्दै परमात्मा हरिमा चित्त लगाउन जरुरी बताइन्छ । यसरी वरुथिनी एकादशीको व्रत लिएमा पुण्य प्राप्त हुने र मृत्यु पश्चात यमलोक नगई सिधै वैकुण्ठ लोक जान पाउने धार्मिक विश्वास रहेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *