कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दुईजना कोरोना सङ्क्रमित बिरामीको गए राति मृत्यु भएको छ।
भेरीगङ्गा नगरपालिका–४ सुर्खेतका ६४ र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय दुईजना पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।
हाल सम्म कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको जनस्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।






