स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरीमा थप ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार देशभर १३ हजार ८ सय ७९ नमूनाको पिसिआर परीक्षण र ९ हजार ५५ जनाको एन्टिजेन परीक्षण गरीएकोमा पिसिआर विधिबाट ४ हजार ७ सय ७४ जना र एन्टिजेन विधिबाट १२३ जना गरी ४ हजार ८ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यसैगरी काठमाडौं उपत्यकामा मात्र २ हजार ४७ संक्रमित थपिएका छनभने देशै भरीमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख १२ हजार ८ सय २२ पुगेको छ।






