Home / World News / म्यानमारमा भएको हिंसामा एकैदिनमा ३८ जनाको मृत्यु

म्यानमारमा भएको हिंसामा एकैदिनमा ३८ जनाको मृत्यु

बीबीसी : म्यानमारमा बुधबार भएको हिंसामा कम्तीमा ३८ जनाको मृत्यु भएको छ।

संयुक्त राष्ट्रसंघले बुधबारको दिनलाई ‘खुनीबुधबार’ भनेको छ। देशभर १ फ्रेबुअरीमा भएको सैन्य कब्जाको विरोधमा प्रर्दशन भइरहेको छ। प्रर्दशनकारीले नेतृ आङ सान सुकीसहित अन्य नेताहरुको रिहाइको माग गरिरहेका छन्। नेताहरुलाई सैनिक नजरबन्दमा राखिएको छ।

म्यानमारमा रहेकी संयुक्त राष्ट्र संघकी राजदूत क्रिस्टिन श्रेनरले देशभर मनै वहकाउने फुटेज देखिएको बताएकी छिन्। उनले भनेकी छिन्,“यस्तो लागिरहेको छ कि सुरक्षाबल गोलीबारीमा लाइव बुलेट प्रयोग गरिरहेको छ। क्रिस्टिन श्रेनरका अनुसार सैन्य कब्जापछि हालसम्म ५० जनाको ज्यान गइसकेको छ। धेरै संख्यामा घाइते भएका छन्।

उनले भनेकी छिन्, “एक भिडियोमा प्रहरी मेडिकल दलका निहत्था नागरिकलाई कुटिरहेका छन्। एक फुटेजमा देखिएको छ प्रर्दशनकारीलाई गोली हानिएको छ । यस्तो लाग्दैछ यो सडकमा भइरहेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *