Home / Nepal / News / चलचित्र ‘गोर्खा वारियर–२’मा रितेश र रेविका मुख्य भूमिकामा

चलचित्र ‘गोर्खा वारियर–२’मा रितेश र रेविका मुख्य भूमिकामा

काठमाडौं : नेपाली चलचित्र ‘गोर्खा वारियर–२’मा रितेश चाम्स र रेविका गुरुङ मुख्य भूमिकामा देखिने भएका छन्।

मिलन चाम्सले निर्देशन गर्ने चलचित्रले गोर्खालीहरुको बहादुरी र वीरताको कथा भन्ने छ। मिलन चाम्सको कथा, मिलन र गिरिराज घिमिरेको पटकथा तथा संवाद, अर्जुन वीसीको सम्पादन, सुदिप बरालको छायांकन, हिमाल केसीको एक्सन रहने छ।

चलचित्रमा रितेश र रेविकासँगै विजय लामा, रियर राई, भूवन सिंह राई, शिशिर वाङदेल, वुद्दि तामाङ, कविता आलेलगायतको मुख्य भूमिका रहनेछ ।

यस् चलचित्र मलेसिया, बेलायत र नेपालमा छायांकन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *