काठमाडौं : रुपन्देहीको कञ्चन गाउँपालिका ५, मा बाटो हिडिरहेका दिदी बहिनीलाई केरकार गर्ने क्रममा एकान्तमा बहिनीको नग्न तस्बिर खिचेर दिदीको सामूहिक बलात्कार गरेको आरोप एक ट्राफिक प्रहरीसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ट्राफिक प्रहरी जवान विशाल शर्मा र स्थानीय गुरुचरण चौधरी छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रवीण पोखरेलका अनुसार गत कात्तिक २३ गते नातामा दिदीबहिनी पर्ने दुई जनालाई राति आठ बजेको समयमा शर्माले केरकार गरेका थिए। एसपी पोखरेलले भने, “पछि प्रहरी जवान शर्माले नै तीनजना साथी बोलाएर एकान्तमा लगेछन्। बहिनीको नग्न तस्बिर लिएर दिदीको सामूहिक बलात्कार गरेछन्। बहिनीको फोटो सार्वजनिक भएपछि उनीहरु प्रहरीमा पुगेका हुन्।”
फरार रहेका दुईजना खोजी जारी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






