Home / Nepal / News / बाला चतुर्दसीमा देवघाट नआउन देवघाट क्षेत्र विकास समितिको आग्रह

बाला चतुर्दसीमा देवघाट नआउन देवघाट क्षेत्र विकास समितिको आग्रह

रासस: देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा आगामी मङ्सिर २७ साँझदेखि २८ गतेसम्म लाग्ने बालाचतुर्दशी मेलामा देवघाट नआउ आग्रह गरेको छ।

कोभिड १९ लाइ मध्यनजर गर्दै समितिले एक विज्ञप्ति प्रकाशित गरी देवघाटमा तीर्थयात्रीको अत्यधिक आगमन हुन सक्नेतर्फ सचेत गराएको छ। विज्ञप्तिमा कोरोना भाइरसको जोखिम यथावत रहेकाले देवघाट नआउन आग्रह गरिएको जनाइएको छ।

सरकारको मेला, पर्व, उत्सवमा भीडभाड नगर्ने नीति कायम रहेको उल्लेख गर्दै समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त पर्व घरमै बसी मनाउन आग्रह गरिएको छ।

बालाचतुर्दशीमा आफ्ना दिबंगत परिवारको सम्झनामा देवघाट पसुपती लगायत बिभिन्न ठाउँमा सदबिज छरेर स्नान गर्नाले मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।


देवघाटधाममा बसोबास गर्ने अधिकांश वृद्धवृद्धा रहेका र कोरोनाको सङ्क्रमण फैलिएमा अप्ठ्यारो स्थिति सिर्जना हुनसक्ने भएकाले नआउन आग्रह गरिएको समितिका अध्यक्ष शिवराज पौडेलले बताउनु भएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *