काठमाडौं : काठमाडौंको आजको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ। मौसमविद् सजिना शाक्यका अनुसार विहान ५ : ४५ बजे काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ।
मौसमविद्कका अनुसार काठमाडौंमा आज बिहान चार किलोमिटर भिजिविलिटी रहेको छ। आज दिनभर काठमाडौंमा मौसम बदली रहने छ। दिउँसो काठमाडौंको तापक्रम १८ देखि २० डिग्री सेल्सियस पुग्ने छ।
तराईका भूभागमा हुस्सु र कुहिरो लागिरहेको छ। तराईका कतिपय ठाउँमा यो मध्यान्हसम्म हटेर गए पनि केही स्थानमा साँझसम्म रहने छ।
आज देशभरको मौसम बदली रहे पनि वर्षाको सम्भावना नरहेको मौसमविद् शाक्य बताउँछिन्। बाक्लो हुस्सु र कुहिरोका कारण तापक्रममा गिरावट आउने भएकाले चिसोबाट बच्न जल तथा मौसम विज्ञान विभागको आग्रह छ।





