Home / Society / नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार भित्रिएको पुष्टि

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार भित्रिएको पुष्टि

काठमाडौं: कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ। पुस महिनाको पहिलो साता बेलायतबाट आएका ३ जनामा उक्त संक्रमण पाइएको हो ।

बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएकोमा जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भए/नभएको नखुलेको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले बताएको थियो।

यद्धपी उनीहरुको नमुना हङकङ प्रयोगशालामा पठाइएकोमा ३ जनामा देखिएको उक्त भाइरस नयाँ प्रकारको भएको पुष्टि भएको हो ।

१ महिला र २ पुरुषमा नयाँ प्रकारको भाइरस देखिएकोमा उनीहरुमध्ये ६७ वर्षीय पुरुष पोजेटिभ नै छन भने एक महिला र एक पुरुष निको भ इसकेका छैन।

तर उनमा लक्षण नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *