Home / Nepal / काठमाडौंमा बाघको छालासहित एकजना पक्राउ

काठमाडौंमा बाघको छालासहित एकजना पक्राउ

काठमाडौं : बाघको छालासहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लमजुङको दूधपोखरी गाउँपालिका–२ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजु बस्दै आएका बृसराज घले रहेका छन्।

महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले मंगलबार मनमैजुस्थित कोठाबाट उनलाई पक्रेको हो। उनको साथबाट करिब ६ फिट २ इन्च लम्बाइ र १ फिट २ इन्च चौडाइ भएको बाघको छाला बरामद गरिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

पक्राउ परेका घलेलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *