Home / Nepal / डुम्रेबाट मनाङतर्फ जाँदै गरेको मालवाहक ट्रक मर्स्याङ्दी नदीमा ७०० मिटर तल खस्यो

डुम्रेबाट मनाङतर्फ जाँदै गरेको मालवाहक ट्रक मर्स्याङ्दी नदीमा ७०० मिटर तल खस्यो

डुम्रे : बेँसीसहर–चामे सडकअन्तर्गत् बेँसीसहर नगरपालिकाबाट मनाङतर्फ जाँदै गरेको ग१ख ५१२४ नम्बरको मालवाहक ट्रक बे्रकफेल हुँदा मर्स्याङ्दी गाउँपालिका–४, जगत्बाट मर्स्याङ्दी नदीमा खसेको छ।

उक्त ट्रक सडकबाट करिब ७०० मिटर तल नदीको बीच भागमा खसेर अड्किएको र केही भाग मात्रै देखिनुको साथै ट्रकमा रहेको १९० बाकस बिस्कुट र पाँच टन चामलसमेत पूर्ण नष्ट भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिए।

ट्रकका चालक तथा सहचालक भने सकुशल रहेको र नाम खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनालगत्तै प्रहरी घटनास्थल पुगेको थियो। ट्रक भने तत्काल नदीबाट निकाल्न नसकिने प्रहरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *