Home / Society / आज पौष २७ गते रास्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्ती एबम राष्ट्रिय एकता दिवस

आज पौष २७ गते रास्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्ती एबम राष्ट्रिय एकता दिवस

आज पुस २७ गते पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस बिशेष दिनको रुपमा रहेको छ।

नेपालको इतिहासमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको त्याग , तपस्या र योगदानलाई आज एक पुर्ण नेपालको निर्माण भएको कुरामा कसैको दुइमत छैन। विशाल नेपाल सिर्जनाको वीरताको इतिहासमा पृथ्वीनारायण शाह अमर सपुत हुन ।

पृथ्वीनारायण शाह र त्यसपछि उनका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा नुवाकोट , कीर्तिपुर , कान्तिपुर , भक्तपुर , ललितपुर , मकवानपुरदेखि पुर्बमा टिष्टा नदि सम्म ( जुन अहिले भारतको पस्चिम बङाल) नेपालको सिमाना पुगेको थियो।

यस्तै पश्चिमतर्फ बाइसी , चाबीसी हुँदै कुमाउ , गडवाल , काँगडासममका हिन्दू राज्यहरूको एकीकरण गरेर यसक्षेत्रका हिन्दू राज्यहरूको अस्मिता बचाएर विश्वको एक मात्र हिन्दू अधिराज्य स्थापित गरेको कुरालाइ सारा बिस्वले कहिल्यै बिर्सने छैन।

हिमवत् खण्डका स्वतन्त्र हिन्दू राज्यहरू संकटमा थिए । हिमवत खण्डका ५४ जति हिन्दू राज्यहरू एकीकरण गरेर बनेको उसबेलादेखि निर्माण भएको नेपाल एक हिन्दू अधिराज्य बनाउने योगदानलाइ मनन गर्दै आजको दिनलाइ विशेष दिनको रुपमा सम्झिने गरिन्छ।

माओवादी जनयुद्ध र २०६२/६३ सालको आन्दोलन लामो इतिहास बोकेको राजतन्त्र र हिन्दु अधिराज्यलाइ हटाए पनि अझै नेपालिको मन बाट राजतन्त्रको चाहना र बिश्वास हट्न सकेको छैन।

आजको दिनलाइ सार्वजनिक बिदा दिएर विशेष पर्बको रुपमा मनाउने गरिएता पनि गणतान्त्रिक सरकारले आजका दिन सार्बजनिक बिदा दिन बन्द गरेको छ। सरकारले सार्बजनिक बिदा नदिए पनि आजको दिन पृथ्वीनारायण शाहको जन्म र एकता दिवसलाइ देशैभर मनाउने गरेको पाइन्छ।

पछिल्लो समयमा देखिएको राजनैतिक स्थिरता र अराजकताका कारण गणतन्त्र धरापमा पर्दै गइरहेको अवस्थामा राजतन्त्र र आजको रास्ट्रीय एकता दिवशको सान्दर्भिकता अझ बढेर गएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *