Home / Nepal / News / सार्बजनिक सवारी साधनमा मास्क नलगाउने व्यक्ति प्रवेश गर्न निषेध

सार्बजनिक सवारी साधनमा मास्क नलगाउने व्यक्ति प्रवेश गर्न निषेध

काठमाडौं : काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा मास्क नलगाउने व्यक्ति प्रवेश गर्न नपाउने भएका छन्।

“काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमताअनुसार देहाय मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्ने,” निर्णयमा भनिएको छ, “कुल स्वीकृति सिट क्षमताभन्दा बढी यात्रु नराख्ने। सबै यात्रुहरुले अनिवार्यरुपमा मास्क लगाउने। मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने। चालक र सहचालकले अनिवार्य मास्क र माइजर र पञ्जा लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने।”

काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *