Home / Nepal / कोरोना संक्रमणका कारण शुक्रबार थप छजनाको मृत्यु-

कोरोना संक्रमणका कारण शुक्रबार थप छजनाको मृत्यु-

काठमाडौं- नेपालमा कोरोनाभारसको संक्रमणका कारण थप छजनाको मृत्यु भएको छ। योसँग कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ९०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ५५४ जना संक्रमित थपिएका छन्। हालसम्म संक्रमितको कुल संख्या दुई लाख ६४ हजार १५९ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरबाट ५८५ जना संक्रमणमुक्त भएका छन्। योसँगै देशभर कोरोनामुक्त हुनेको संख्या दुई लाख ५७ हजार २२९ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर पाँच हजार २१ जना सक्रिय संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *