काठमाडौं- चारजना पूर्वप्रधानन्यायाधीशले आकर्षित नहुने धारा प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिएको भन्दै आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन्।
पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, “नेपालको संविधान २०७२ को धारा ७६ मा मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजनको लागि बाहेकको कुनै अवस्थामा पनि प्रतिनिधि सभा विघटन गर्ने अधिकार एवम् व्यवस्था नगरिएको अवस्थामा पनि आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधि सभा विघटन गरिएको भन्दै पुर्व प्रधानन्यायाधीश हरु द्वारा बिग्यप्ती निकालिएको हो।






