Home / World News / भारतमा यौनकर्मीको झनै पीडा, रेडलाइट एरिया खोलियो भने कोरोनाको खतरा कति ?

भारतमा यौनकर्मीको झनै पीडा, रेडलाइट एरिया खोलियो भने कोरोनाको खतरा कति ?

काठमाडौं । भारतमा कोरोना संकटको समयमा यौनकर्मीहरूको अवस्थाबारे एउटा अध्ययन गरिएको छ । उक्त अध्ययन  अनुसार यदि रेडलाइट क्षेत्रहरू खोलिए भने एक वर्षमा कम्तिमा चार लाख यौनकर्मीहरू कोरोनाको चपेटामा पर्नेछन् र उनीहरू मध्ये हजारौंको मृत्यु हुने छ । 

यदि एक यौनकर्मी संक्रमित छ भने उसबाट सयौं मानिसमा संक्रमण फैलिन्छ ।

अध्ययनका अनुसार कोरोनाका कारण हुने प्रत्येक पाँच मृत्युमा तीनको मृत्यु रेडलाइट एरियामा हुनसक्ने छ । 

अध्ययनकर्ता अभिषेक पाण्डेय र सह–अध्ययनकर्ता डा. सुधार वि नुटीले केन्द्र सरकार र राज्य सरकारलाई कोरोनाको खोप विकास नहुञ्जेल रेडलाइट एरिया बन्द राख्न सुझाव दिएका बीबीसीले जनाएको छ ।  

यस अध्ययनले कोरोनाको संक्रमणका क्रममा यौनकर्मीहरूलाई दक्ष श्रमिक बनाउने दिशामा कदम चाल्न पनि आग्रह गरेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *