Home / Nepal / भारतका विभिन्न हिन्दु संघ संस्था द्वारा प्रधानमन्त्री ओलिको चर्को आलोचना

भारतका विभिन्न हिन्दु संघ संस्था द्वारा प्रधानमन्त्री ओलिको चर्को आलोचना

भारतका विश्व हिन्दु परिषद लगायतका धार्मिक सस्थाहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा भागवान राम नेपालमै जन्मेको र भारतले नक्कली अयोध्या खडा गरेको भन्ने बिबादास्पद अभिव्यक्ति दिएका थिए।

ओलीले राम जन्मभूमि आयोध्या दक्षिण नेपालको ठोरीमा रहेको भनी दिएको अभिव्यक्तिले भारतका नागरिक सहित नेपाल भित्रै प्रधानमन्त्री ओलीको तिव्र रुपमा आलोचना भइरहेको छ।

भारतको विश्व हिन्दु परिषदले नेपालका प्रधानमन्त्रीलाई भागवान रामलाई क्षेत्रीय राजनीतिबाट टाढा राख्न आग्रह गरेका गर्दै प्रधानमन्त्री ओलिले चीनको आदेशमा गलत दाबी गरेको आरोप लगाएका छन।

राम र अयोध्याको विषमया दिएको अभिव्यक्त भनाइ राम जन्मभूमिबारे र अयोध्यालाई होच्याउने कुनै मनसाय नभएको परराष्ट्र मन्त्रालयले हिजै एक बक्तय मार्फत प्रष्ट पारिसकेको छ।
परराष्ट्रले प्रधानमन्त्री ओलीको मन्तव्य कुनै पनि राजनीतिक विषयसँग सान्दर्भिक नभएको र कसैको भावनामा चोट पुर्‍याउने मनसाय नभएको भनी प्रष्ट्याएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *