Home / Nepal / News / अपहरण तथा शरीर बन्धक मद्दाका फरार प्रतिवादी पक्राउ

अपहरण तथा शरीर बन्धक मद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं : अपहरण तथा शरीर बन्धक मद्दाका फरार प्रतिवादी सर्लाही हरिवन नगरपालिका ९ वतन भएका सोलेरकुमार भन्ने ३८ वर्षीय दुर्गा बहादुर बुढाथोकीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले इलाम सूर्योदय नगरपालिका २, पशुपतिनगर टोलबाट पक्राउ गरेको हो।

बाबुराजा रावललाई ०६५ पुस १ गते बुढाथोकी लगायत प्रल्हाद महत, बिष्णु जिसी, बङ्गुरे भन्ने बिकास कार्की, सोल्टी भन्ने टासी गुरुङ, बिनोद कार्की र अनिल गुरूङ समेतको समूहले अपहरण गरी बन्धक बनाई ज्यान मार्ने धम्की दिई फिरौती बापत १ करोड ५० लाख रुपैंया लिई रावललाई पुस २ गते टोखा पुर्याएर छोडेर फरार थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *