विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० का खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा लुटपाट गर्न खोज्ने समूह आधुनिक हतियारसहित पक्राउ परेको छ। समूहका पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो।
समूहका सदस्य घटनामा प्रयोग गरिएको अत्याधुनिक हतियारसहित पक्राउ परेको प्रहरीले जनाएको छ । उक्त समूहले यही साउन १ गते दिउँसो शिव पञ्चायन ज्वेलर्स लुटपाट गर्ने प्रयास गरेको थियो । तर, स्थानीयको प्रतिकारपछि उनीहरु हतियार देखाउँदै फरार भएका थिए।
समूहका सदस्यहरु अत्याधुनिक एवं स्वचालित हतियार एसएमजी (मेसिनगन), एउटा कटुवा पेस्तोल र एउटा चाइनिज पेस्तोल तथा ७० राउन्डजति विभिन्न हतियारका गोलीसहित पक्राउ परेको बताइएको छ।






