Home / Nepal / News / नेपाल आइडल सिजन–४ मा को हुनेछन् निर्णायक ?

नेपाल आइडल सिजन–४ मा को हुनेछन् निर्णायक ?

काठमाडौं : नेपाल आइडल सिजन–४ मा अघिल्ला सिजनका निर्णायकहरुले निरन्तरता नपाउने भएपछि आयोजकले नयाँ जज खोजिरहेको छ।

यसअघिका निर्णायकहरु न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अरु नै टेलिभिजनको रियालिटी शोमा आबद्ध भएपछि नेपाल आइडल सिजन–४ मा नयाँ निर्णायक भित्रिन लागेका हुन् ।

नयाँ निर्णायक हालसम्म निश्चित भइनसकेको तर केही गायक–गायिकाहरुसँग कुरा भइरहेको नेपाल आइडल निर्देशक सुरेश पौडेल बताउँछन् ।

आयोजकले को–कोसँग निर्णायकका लागि छलफल भइरहेको छ भनेर नखुलाए पनि सुगम पोखरेल भने करिब–करिब निश्चित भइसकेका छन् । आइडलले गरेको प्रस्तावमा उनले सहमति जनाइसकेका छन् । यद्यपि, सम्झौता भने भइनसकेको स्रोतको भनाइ छ ।

यस्तै, अन्य निर्णायकका लागि सम्भुजित बास्कोटा र उदय सोताङसँग पनि आइडलले छलफल गरिरहेको स्रोतको दावी छ । यदि दुवैले अस्विकार गरेको अवस्थामा राजेश पायल राई र रामकृष्ण ढकाल आयोजकको प्राथमिकतामा रहेको स्रोत बताउँछ ।

महिला निर्णायकका लागि मिलन नेवार र मेलिना राईसँग कुरा भइरहेको स्रोतको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *