काठमाडौं : भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको १६ लाखको ट्रयाक्टर प्रहरीले बरामद गरेको छ । मोरङ सुनवर्षी नगरपालिका ७, गुद्री चोकबाट प्रहरीले ट्रयाक्टर बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रहरी चौकी बरडंगाबाट गस्तीमा खटिएको टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा चोरी पैठारी गरी ल्याउँदै गरेको १६ लाख मूल्य पर्ने ट्रयाक्टर बरामद गरेको हो।






