काठमाडौं । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले काठमाडौं उपत्यकाका तीन जिल्लाभित्र मात्रै चल्ने गरी र जिल्लामा जिल्लाभित्र मात्रै चल्न दिने गरी सार्वजनिक यातायात संचालन गर्न दिने निर्णय भएको बताए ।
सरकारले लामो दूरीको सार्वजनिक यातायातका साधन चल्न नदिने निर्णय यथावत् राखेको उनले बताए ।
यसैबीच सार्वजनिक यातायातका साधनले अहिलेको भन्दा बढी मूल्य लिनेछन् । ५० प्रतिशत बढी भाडा लिन सक्ने निर्णय सरकारले गरेको छ ।
फाइल तस्बिर ।






