काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक अनुसार देसभरीमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यससँगै हालसम्म कोरोना संक्रमितहुनेको कुल संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको भने २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ५१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर २ हजार १ सय ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छनभने डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ।
हाल देशभर १५ हजार ७ सय ७६ जना सक्रिय संक्रमित छन् भने ५ सय ७६ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।






