Home / Society / आज बिहान नेपालगञ्जमा कोरोना संक्रमणबाट एक बृद्धको मृत्यु, कुल मृतकको संख्या ३९ पुग्यो

आज बिहान नेपालगञ्जमा कोरोना संक्रमणबाट एक बृद्धको मृत्यु, कुल मृतकको संख्या ३९ पुग्यो

नेपालगञ्ज: भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचाररत कोहलपुर नगरपालिका–२ बाँके निवासी ७४ वर्षिय वृद्धको कोरोना सङ्क्रमणबाट आज बिहान मृत्यु भएको छ ।

उपचारका क्रममा आज बिहान मृत्यु भएको भेरी अस्पतालले जनाएको छ। अस्पतालका अनुसार यही मङ्सिर ६ गते अस्पताल भर्ना भएका ती पुरुषमा कोरोना सङ्क्रमण देखिएको थियो।

आइसियुमा उपचार भइरहेका उनको आज बिहान मृत्यु भएको हो। योसँगै कोरोना सङ्क्रमणबाट बाँकेका ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *