उदयपुर : उदयपुरमा भरुवा बन्दुक पड्किदा एक जनाको मृत्यु भएको छ। बेलका नगरपालिका–१ स्थित सब डिभिजन वन कार्यालय तपेस्वरीमा कार्यरत सुनसरी दुहबी बस्ने ४६ वर्षीय लेखनाथ बास्तोलाको भरुवा बन्दुक पड्किदा घटनास्थलमै मृत्यु भएको हो ।
उक्त कार्यालयबाट गस्ती गर्ने क्रममा सोही नगरपालिकास्थित बुलबुल सामुदायिक बनमा भरुवा बन्दुकसहित मानिसहरु भेटेपछि लखेट्ने क्रममा भरुवा बन्दुक फाली मानिसहरु फरार भएपछि उक्त बन्दुक बास्तोलाले कार्यालयमा ल्याई गाडीबाट निकाल्ने क्रममा पड्किदा उनको मृत्यु भएको खुलेको छ ।






