सत्तारुढ नेकपा भित्रको बिबादको गाठो कसिदै जादा आज फेरि सचिवालय बैठक आज पनि बस्दै छ।
बुधबार दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी हुने सम्भावना नरहेको नेकपा स्रोतले जनाएको छ।
एक अर्कालाई आरोप प्रत्यारोप गर्दै बैठकमा दुई अध्यक्षका छुट्टाछुट्दै प्रस्ताव पेस भएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।
मंगलबारको बैठकमा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रस्तावमा छलफल हुन नसक्ने बताएपछि नेताहरुबीच चर्काचर्की भएको थियो।
सचिवालयका प्राय सदस्यले अध्यक्षद्वयका प्रस्तावमा छलफल हुनुपर्ने अडान लिए पनि ओली त्यसको बिपक्षमा थिए।
ओलीको असहमतिको बावजुध बस्ने बैठकमा ओली सहभागी हुने, नहुने अझै अन्योल रहेको ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले न्युज डोकोलाइ बताएका छन।






