Home / Nepal / News / दमकमा घुस लिएको समाचार लेख्दा पत्रकार कुटिए

दमकमा घुस लिएको समाचार लेख्दा पत्रकार कुटिए

मालपोत कार्यालय दमकमा घुस लिँदै गरेको दृश्य संकलन गर्ने पत्रकारलाई मालपोतका कर्मचारीले कुटपिट गरेका छन।

माउन्टेन टेलिभिजनका स्थानीय पत्रकार खगेन्द्र घिमिरेमाथि मालपोत कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीले कार्यालयभित्रै कुटपिट गरेका हुन।

जग्गा रोक्का गर्न गएका एक सेवाग्राहीबाट १० हजार घुस लिने क्रममा समाचार संकलन गर्ने क्रममा कुटपिट भएको पिडितले बताएका छन। मंगलबार दिउँसो ४ बजे आफूमाथि कुटपिट घिमिरेले जानकारी दिएका छन।

उनलाई मालपोत कार्यालय दमकका प्रमुख तारानाथ दंगालको कार्यकक्षामा कुटपिट गरिएको थियो।

पत्रकार घिमिरेले आफूमाथि ज्यान मार्ने नियतले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय दमकमा किटानी जाहेरी दिएका छन।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *