Home / Society / बिराटनगरमा प्रहरी र तस्कर बिच झडप, प्रहरीद्वारा हवाइ फायर, तस्कर समुहका एक जना पक्राउ

बिराटनगरमा प्रहरी र तस्कर बिच झडप, प्रहरीद्वारा हवाइ फायर, तस्कर समुहका एक जना पक्राउ

विराटनगर: भन्सार छली गरेर भारतबाट अवैधरुपमा तस्करीका सामान लिएर आउँदै गरेको तस्कर समूहलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीबिच आइतबार बिहान झडप भएको छ।

झडपका क्रममा प्रहरीले स्थिति नियन्त्रण लिनलाइ हवाइ फायर गरेको थियो। हवाई फायरपछि प्रहरीले तस्करीमा संलग्न एक महिलालाई पक्राउ गरेको छ।

आइतबार बिहान करिब ४ बजे विराटनगर महानगरपालिका-१७ मटेरुवामा  प्रहरी र तस्कर समूहबीच भएको घम्साघम्सीका क्रममा एकजना प्रहरी जवानको हातमा सामान्य चोट लागेको छ ।

भारतबाट ल्याउँदै गरेको एक बोरा बेल्ट समेत बरामद गरेको मोरङ प्रहरीले जानकारी दिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *