Home / Nepal / बलिउड अभिनेता अक्षय कुमारलाई युट्युबरहरुको चेतावनी

बलिउड अभिनेता अक्षय कुमारलाई युट्युबरहरुको चेतावनी

बलिउड अभिनेता अक्षय कुमारले युट्युबर रसिद सिद्दिकीलाई मानहानिको नोटिस पठाएर ५०० करोडको क्षतिको माग गरेका थिए ।

जसको उत्तरमा युट्युबर सिद्दिकीले मुद्दा फिर्ता लिन भनेका छन् । यदि अक्षयले मुद्दा फिर्ता नलिए आवश्यक कानुनी कदम चाल्ने चेतावनी युट्युबरले दिएका छन् । उनले अधिवक्ता जेपी जयसवालमार्फत अक्षयलाई जवाफ पठाएका हुन् । जवाफमा अक्षयले लगाएको आरोप गलत भएको र त्यो केवल उनलाई प्रताडित गर्ने उद्देश्य रहेको उल्लेख गरिएको छ । यसका साथै हरेक नागरिकको वाक्‌स्वतन्त्रता हुने पनि उल्लेख गरिएको छ ।

युट्युबरमाथि सुशान्तसिंह राजपूतको मुद्दामा अक्षयलाई अनावश्यक रुपमा तानेर उनको छवि खराब गर्न खोजेको आरोप लागेको छ । अक्षयले १७ नोभेम्बरमा सिद्दिकीविरुद्ध मानहानिको सूचना जारी गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *