संयुक्त रास्ट्र संघको प्रतिबेदन अनुसार अझै पनि बिश्वको करिब ४ अर्ब २० करोड जनसंख्या सौचालय प्रयोग बाट बन्चित छ्न।
शौचालय मात्र सरसफाइ प्रणालीको पहिलो चरण मात्र भएता पनि यतिका जनसंख्या सार्बजनिक स्थानमा दिसापिसाब गर्ने गर्दछ्न।
नोभेम्बर २००१ मा, सिंगापुरका एक समाजसेवी ज्याक सिमले विश्व शौचालय संगठन (डब्ल्यूटीओ) स्थापित गरेपछि संयुक्त रास्ट्र संघले नोभेम्बर १९ लाइ पानी र सरसफाईको अधिकारलाई मानव अधिकारको रुपमा घोषणा गर्दै सौचालय दिवसको रुपमा मनाउन थाल्यो।
विश्व शौचालय दिवस बिबिध कार्यक्रमहरु गरि मनाउने गरिएता पनि कोभिड १९ का कारण प्रभावित भएको छ। तर आजको यस दिनले महामारीको बेला झन यसको महत्व बढ्दै गइरहेको छ।
सरसफाइ , हात धुने, तुफानको पानी ब्यवस्थापन, फोहोर ब्यवस्थापन जस्ता कार्यहरूलाइ आजको यस दिनले समेट्ने भएकाले यसको महत्व झनै अपरिहार्य छ।






