Home / Society / मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको

मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको

वीरेन्द्रनगर – मोटरसाइकलको ठक्करबाट आज वीरेन्द्रनगरमा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर -१ का तीन वर्षीय समीर नेपाली रहेको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालकलाई ठक्कर दिएलगत्तै फरार मोटरसाइकल तथा चालकको पहिचान खुल्न सकेको छैन ।

प्रहरीले मोटरसाइकल चालकलाई पक्राउ गर्न नसकेको भन्दै मृतकका आफन्त र स्थानीयवासी आन्दोलित भएका छन् ।

पीडित पक्षले टायर बालेर सडक अवरुद्ध पारेपछि सुर्खेत जुम्ला सडकखण्डको एरीचोकदेखि बांगेसिमलसम्म ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *