अमेरिकी औषधि निर्माता कम्पनी फाइजर र जर्मनिको बायोटेक कम्पनीले संयुक्त रुपमा निर्माण गरिरहेको कोरोनाभाइरस विरुद्धको सम्भावित खोप वृद्धहरुमा समेत ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको कम्पनीले बुधबार जनाएको छ।
कम्पनीले शुरुमा खोप ९० प्रतिशत प्रभावकारी रहेको बताएको थियो भने बुधबार बताए अनुसार खोपको प्रभावकारिता हरेक उमेर र जातिमा समान देखिएको छ।
६५ वर्षभन्दा माथिकामा पनि यसको प्रभावकारिता ९४ प्रतिशतभन्दा बढी रहेको देखिए पछि यसको ब्यवसायिक प्रयोजनका लागि अन्तिम तयारीमा लागेको छ।
यस बर्सको अन्तिम सम्ममा यसको करोडौं डोजहरु तयार हुने अनुमान गरिएको छ।






