काठमाडौं: हालसम्म विश्व भरिमा कोरोना भाइरसबाट संक्रमण पुस्ठीहुनेको संख्या ४ करोड ६ लाख २८ हजार ८ सय ४ पुगेको छ।
यस्तै संक्रमण मुक्त भएर घर फर्कनेको संख्या ३ करोड ३ लाख ३९ हजार पुगेको छ भने ज्यान गुमाउनेको संख्या ११ लाख २२ हजार ७ सय ५० पुगेको छ।
सकृय संक्रमीतको संख्या ९१ लाख ६६ हजार भन्दा बढी छ। जसमध्ये ७२ हजार भन्दा धेरैको अवस्था नाजुक रहेको छ।
पछिल्लो २४ घन्टामा देश भरीमा ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने कुल संक्रमीतको संख्या १ लाख ३६ हजार ३६ रहेको छ।
जसमध्धे ७ सय ५७ जनाले ज्यान गुमाएका छ्न। यस्तै संक्रमण मुक्त भएर घर फर्कनेको संख्या ९४ हजार ५ सय १ रहेको र बाकींको विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टर उपचार भइरहेको छ।
२०१९ को अन्त्यबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।






