काठमाडौं: पछिल्लो २४ घन्टामा देशभरीमा ३ हजार ७ सय ९० जनामा कोरोना भाइरस संक्रमण पुस्ठी भएको छ।
यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ३६ हजार ३६ जना पुगेको छ स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ।
यसैगरी, पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३५ जना कोरोना संक्रमित निको भएर घर फर्किएकाछन्।
योसँगै, संक्रमणबाट निको हुनेको हालसम्मको संख्या ९४ हजार ५ सय १ जना पुगेको छ।
पछिल्लो २४ घन्टामा १८ जनाको ज्यान गएको मन्त्रालयले जानकारी गराएको छ।






