उदयपुर: उदयपुर जिल्लाको कटारी नगरपालिकाको भदौरेमा सनिवार राती बा२०च ७१७१ नम्बरको स्कोरपिओ दुर्घटना हुंँदा त्यसमा सबार ५ जनाको घटना स्थलमा नै मृत्यु भएको छ।
मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्यांग ९ का २६ वर्षीय कर्णबहादुर सार्की, ३० वर्षीय रामबहादुर सार्की र एक महिला सहित अन्य ३ जना रहेका छ्न।
उनीहरुको पहिचान हुन सकेको छैन। दुर्घटनाको कारण थाहा हुन सकेको छैन भने दुर्घटना भएको साधन सडक बाट झन्डै १ किलोमिटर तल भिरमा खसेको थियो।
त्यसैगरि, दुर्घटनामा घाइते भएका दुइ महिला र स्कोरपिओ चालक रुपन्देहीका २८ वर्षीय पनव खड्काको कटारी अस्पतालमा उपचार भइरहेको छ।






